जनता टाइम्स

१२ बैशाख २०७७, शुक्रबार १०:०५

प्रधामन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, यस्तो छ एजेण्डा


काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । अघिल्लो मन्त्रिपरिषद बैठकले जारी गरेको अध्यादेशसहित बिकसित पछिल्लो अवस्थाबारे छलफल तथा निर्णयका लागि आज मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जनताटाइम्सलाई जानकारी दिनुभयो । ‘मन्त्रिपरिषद बैठक बोलाइएको छ, अध्यादेशसहित सरकारको नियमित कामबारे आवश्यक छलफल हुनेछ,’ ती मन्त्रीको भनाई छ । सरकारले अघिल्लो मन्त्रिपरिषदबाट राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएपछि समाजवादी फोरम फुटने भन्दै राजपासँग एकता भइसकेको छ भने सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु अध्यादेशको बिरोधमा छन ।

यस बिषयमा सरकारमा रहेका सचिवालयका नेता र सरकार बाहिर रहेका नेताहरुबीच बिवाद देखिएको छ । अध्यादेशपछि नेकपाका शीर्ष नेता नै गुट भेलामा लागेपछि प्रधानमन्त्रीले आवश्यक सुझावसहित आगामी बाटो तय गर्न मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । बैठकमा अध्यादेशबारे छलफल गरी फिर्ता लिने कि संसदमा लगेर सांसदहरुको सुझावसहित परिमार्जन गर्ने भन्ने निर्णय लिनेछ ।