जनता टाइम्स

१२ बैशाख २०७७, शुक्रबार १४:३२

सरकारले गर्यो किसानको पक्षमा निर्णय, गहुँको समर्थन मुल्यमा प्रतिक्विन्टल ४४४ रुपैयाँ वृद्धि


काठमाडौं, बैशाख १२

सरकारले किसानको पक्षमा निर्णय गर्दै गहुँको समर्थन मुल्यमा ४ सय ४४ रुपैयाँ वृद्धि गरेको छ । गहँुको भाउ नबढेको भन्दै किसान चिन्तित बनिरहेका बेला शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको हो ।

सरकारले उखु, धान, लगायतका बालीमा समर्थन मूल्य तोक्दै आएको छ । यसअघि सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो । गहुँ बाली उठाउने समयमा सरकारले मूल्य निर्धारण गरेकाले अब नेपाली किसानले उत्पादन गरेको गहुँ भण्डारणमा यसले सहयोग पुग्ने सरकारले अपेक्षा गरेको छ ।