काठमाडौं, बैशाख १२ । राष्ट्रपति बिद्यादेवी भण्डारीले गत सोमवार जारी दुवै अध्यादेश खारेज गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सिफारिश गरेलगत्तै राष्ट्रपति भण्डारीले सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश खारेज हुने संबैधानिक ब्यवस्था छ । सरकारले गत वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने गरी ल्याइएको थियो ।
तर, पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘आज मिति २०७७ साल बैशाख १२ गते शुक्रवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिशमा नेपालको संबिधानको धारा ११४ को उपधारा (२) को खण्ड –ख) कमोजिम अध्यादेशहरु खारेज गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वार जारी बिज्ञप्तीमा भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्