जनता टाइम्स

१२ बैशाख २०७७, शुक्रबार १६:५१

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच छलफल


काठमाडौं, बैशाख १२

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि तीन नेताबीच छलफल भएको हो ।

बालुवाटारमा अहिले ४ बजेदेखि तीनैजना नेताहरूबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । उहाका अनुसार छलफलमा पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिने सहमति भएको छ । त्यसअघि प्रधानमन्त्री ओली र देउवापछि एक घण्टा भेटवार्ता भएको थियो ।

उहाहरूबीचको छलफल चल्दै गर्दा नेकपाका अर्का अध्यक्ष दाहाल पनि बालुवाटार पुग्नु भएको हो । सरकारले ल्याएका दुई अध्यादेश फिर्ता भएपछि तीन नेताबीच भेटवार्ता भएको हो ।