जनता टाइम्स

१४ बैशाख २०७७, आईतवार ०६:३०

कोरोनाबाट संक्रमितको संख्या २९ लाख १९ हजार नाघ्यो, ८ लाख ३७ हजार उपचारपछि निको


काठमाडौँ , वैशाख १४ । विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्याका २ लाख नाघेको छ । शनिवार विहान सम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ४ पुगेको छ र यो बढ्ने क्रममा छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या २९ लाख १९ हजारभन्दा धेरै छ । हजारौं अझै बिरामी छन् भने हालसम्म ८ लाख ३७ हजार निको भएका छन् ।

कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र एक चौथाईभन्दा बढी अर्थात् ५४ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख ६० हजारभन्दा बढी छ । अमेरिकापछि इटालीमा २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने स्पेनमा मृतक संख्या २३ हजार पुगेको छ । फ्रान्समा २२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने बेलायतमा २० हजार ३ सयले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण विश्वका लगभग सबैजसो देशमा भेटिएको छ ।