जनता टाइम्स

१४ बैशाख २०७७, आईतवार ०६:४३

कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार नाघ्यो, संक्रमितको संख्या ९ लाख ६० हजार


 

काठमाडौं, बैशाख १४  । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार नाघेको छ ।

नेपाली समयअनुसार शनिवार विहान सम्म ५४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा  ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ६५१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ८८ हजार ११५ जनामध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर रहेको छ ।