जनता टाइम्स

१४ बैशाख २०७७, आईतवार १४:४५

बन्द गर्नाेस नेतृत्वलाई खुइल्याउने र पार्टी एकता कमजोर बनाउने खेल : आनन्द पोखरेल


काठमाडौं, बैशाख १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमति प्रदेशका सचिव आनन्द पोखरेलले पार्टी नेतृत्व र नेतालाई खुइल्याउने खेल बन्द गर्न सवै नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले आज सामाजिक सञ्जालमार्फत यस्तो अपिल गर्नुभएको हो ।

नेकपाका सचिवालयका नेताहरुबीच छलफल चलिरहँदा बिदेसीको योजनामा केही मिडियाले आफै कथा लेख्दै नेताहरुबीच दुरी बढाउने र त्यसैमा आधारित भएर नेता कार्यकर्ता एक आपसमा भिडन थालेपछि पोखरेलले नेतृत्व, नेता र पार्टीलाई बदनाम गर्ने खेल बन्द गर्न सार्वजनिक आग्रह गर्नुभएको हो ।

यस्तो छ पोखरेलको भनाई

अति भयो, बन्द गर्नस कम्युनिष्ट पार्टीको सदस्यता र पद सिरान हालेर पार्टी, नेता , नेतृत्वलाई खुइल्याने र पार्टी एकतालाइ कमजोर बनाउने खेल । सबै जुटौ कोरोना भाइरस बिरुद्धको लडाइँमा अनि राजनीतिक स्थिरता बिकास र पार्टी एकताको बाँकी काम सम्पन्न गर्नको लागि ।