जनता टाइम्स

१४ बैशाख २०७७, आईतवार १६:०२

बहुराष्ट्रिय राज्य बनाउने गरी भएको दल दर्ता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी


काठमाडौं, बैशाख १४

सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संविधान विपरित बहु राष्ट्रिय राज्य बनाउनेगरी संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।

संविधान विपरित बहु राष्ट्रिय राज्य माग्नु गैरकानुनी भएको भन्दै युवसंघले उजुरी हालेको हो । युवा संघका केन्द्रीय सदस्य अमित लामाले आयोगमा आज पुगेर उजुरी दर्ता गराएको जानकारी दिनुभयो । ‘हामीले दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको उल्लेख गरेर निर्वाचन आयोगमा उजुरी गरेका हौँ’, लामाले भन्नुभयो, ‘हाम्रो निवेदन १३९० नंम्बरमा दर्ता भएको छ ।’

‘नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको छ’ निवेदनमा भनिएको छ, ‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ ।’