काठमाडौं, बैशाख १४ । सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको समय थप १० दिन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले गरेको पूर्वघोषित लडाउन भोलि बैशाख १५ गतेसम्म कायम रहेको थियो । संक्रमितको संख्या थपिदै गएपछि सरकारले लकडाउनको समय बढाएको हो । तर कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । मन्त्रिपरिषदले १० दिन लम्ब्याउने निर्णय लिएको हो ।













प्रतिक्रिया दिनुहोस्