जनता टाइम्स

१५ बैशाख २०७७, सोमबार ०६:५६

अमेरिकामा कोरोना भाइरसबाट ५५ हजार ४१३ जनाको मृत्यु


काठमाडौं, १५ वैशाख । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ ।

सोमवार विहान सम्म थप १ हजार २ सय ४० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४१३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ८६७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार ७८१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १२ हजार ६४५ जनामध्ये १५ हजार १४३ जनाको अवस्था गम्भीर रहेको छ ।