जनता टाइम्स

१५ बैशाख २०७७, सोमबार ०७:०९

कोरोनाबाट भारतमा ८ सय बढीको मृत्यु


काठमाडौं,वैशाख  । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ। त्यस्तै सोमवार विहान सम्ममा भारतमा कोरोनाबाट १६ सय बढी संक्रमित थपिएका छन्। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २७ हजार ८९० पुगेको छ। पछिल्लो समय भातरमा दिनहुँ हजार बढी संक्रमित थपिँदै आएका छन् भन् ५० बढीको मृत्यु भइरहेको छ। भारतमा सबैभन्दा बढी प्रभावित क्षेत्र महाराष्ट्र रहेको छ। त्यहाँ हालसम्म साढे ६ हजार बढी संक्रमित रहेका छन् भने करिब ३ सयको मृत्यु भएको छ।
त्यसपछि गुजरात, दिल्ली, राजस्थान, मध्य प्रदेश, तमिलनाडु र उत्तर प्रदेशमा बढी संक्रमित रहेका छन्।