जनता टाइम्स

१५ बैशाख २०७७, सोमबार ११:०३

डेढ महिनाअघि थापा निवासमा रचिएको थियो प्रधानमन्त्री ओलीबिरुद्धको चक्रब्यूँह : को-को थिए सहभागी ?


काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अभियान थाल्ने निर्णय गत चैत ५ गते नै भएको तथ्य खुलेको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापाको मालिगाउँस्थित निवासमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वमाओवादीका केही नेता र कांग्रेसका प्रभावशाली नेताहरुबीचको गोप्य भेटवार्ताले केपी ओली नेतृत्वको सरकार ढाल्ने आन्तरिक र बाह्य रणनीति तय गरेको तथ्य खुलेको हो ।

राप्रपा नेता थापाको निवासमा चैत ५ गते उल्लेखित नेताहरुबीच लामो बार्ता भएको थियो । सो जमघटमा नेकपाका अध्यक्ष प्रचण्डसहित हरिबोल गजुरेल, जनार्दन शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, पूर्णबहादुर खड्का र रमेश लेखक सहभागि हुनुहुन्थ्यो । जमघटमा नेकपा भित्रबाट सरकार ढाल्नका लागि आफूले आवश्यक सम्पूर्ण भूमिका खेल्ने र त्यसका लागि बजारमा ल्याइएका विषयवस्तुमा आधारित भएर कांग्रेसले सडक आन्दोलन चलाउनु पर्ने पस्ताव नेकपाका नेताहरुले अघि सारेका थिए । सो प्रस्ताव प्रचण्डकै सामू गजुरेलले राख्नुभएको स्रोतले जनताटाइम्सलाई बतायो ।

सोही भेलामा लकडाउनमा सरकारले प्रभावकारी काम गरी कोरोना संक्रमण नियन्त्रणमा लिए अन्य पार्टी र सरकार बाहिर रहेका नेकपाकै नेताहरुको समेत राजनीतिक भविश्य सकिने निश्कर्षसहित सर्वदलीय संयन्त्र गठन गर्नुपर्ने निश्कर्ष निकालेको हो । सो बार्तामा उच्च अप्रमाणिक हल्लाहरुलाई मुद्दा बनाएर त्यसैलाई राष्ट्रिय मुद्दाको रुपमा अगाडि सार्न मिडियाको सदुपयोग गर्ने विषयमा पनि नेताहरुबीच छलफल भएको थियो । थापा निवास स्रोतका अनुसार बैठक चलिरहेकै बेला कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भारतीय राजदूत विनयमोहन क्वात्रासँग जरुरी भेट भएको भन्दै भेलाबाट बाहिरिनु भएको थियो ।

सो भेलामा प्रधानमन्त्री ओलीको बिकल्पमा बरिष्ठ नेता माधवकुमार नेपाललाई अघि सार्ने र नेपाल ओलीबिरुद्ध उभिन तयार भएमा अघि बढाएर ९ महिनापछि राजीनामा दिन बाध्य पार्ने रणनीतिसमेत तय गरेको स्रोतले बतायो ।