जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार ०८:४९

यसरी गर्न सकिन्छ माक्सको पुनः प्रयोग


कञ्चन किसी/काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण वजारमा अझै पनि पार्यापत माक्स उपलव्ध हुन सकिरहेको अवस्था छैन । यसै अभाबका कारण अहिले माक्सको पुनः प्रयोग एक अति आवश्यक विषय बनेको छ । सर्जिकल माक्स एन ९५, केएन ९५, एफएफपीटू जस्ता मेडिकल माक्सहरुको अभाबका कारण मानिसहरु कपडाको माक्स प्रयोग गर्न बाध्य बनेका छन् । यति मात्रै नभाई चिकित्सकहरुमाझ पर्याप्त मात्रामा सर्जिकल माक्स एन ९५, केएन ९५, एफएफपीएसको उपलव्ध नभएकोले माक्सको पुनः प्रयोग गर्न उनीहरु पनि बाध्य भएका छन् ।

साधारणतयाः कपडाको माक्स प्रयोग गर्दा मुख र नाक राम्रोसँंग छोप्ने हुनुपर्दछ । कपडाको माक्स प्रयोग गर्दा पटकपटक सावुन र मनतातो पानीले धोई पुनः प्रयोग गर्न सकिन्छ । कपडाको माक्स अधिकतम २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । वीचमा झिकेर पुनः प्रयोग गर्नुपरे स्टेरिलाइजेशन गर्नुपर्छ । जे गरे पनि यस्ता माक्सको आयु वढीमा २४ घण्टासम्म मात्रै हुन्छ । सर्किकल माक्स, पेपर माक्स तीन तहले बनेका हुन्छन्, जसमा पोलिपाइरोलिन नामक पोलिमर राखिएको हुन्छ । यस पोलिमरले फिल्टरको काम गर्छ र एरबोन ब्याक्टेरिया माइक्रोअर्गानिजमहरु छेक्छ । सर्जिकल माक्सलाई स्टिम डेष्टिलेशन नामक प्रविधिले मात्र स्टेरिलाइज गरी पुनः प्रयोग गर्न सकिन्छ । स्टिम डेष्टिलेशन उद्योगहरुमा मात्रै गर्न सकिन्छ । यस्ता प्रकारका माक्सहरु साधारणतयाः एकचोटी मात्रै प्रयोग गरिन्छ ।

सर्वभन्दा उत्कृष्ट माक्सका रुपमा एन ९५, केएन ९५, एफएफपीटू माक्सलाई लिइन्छ, जसमा फिल्टर फेस पिस हुन्छ र शुन्य दशमलब तीन एमएम भन्दा ठूलो सवै पार्टिकललाई यसले फिल्टर गर्न सक्छ । कम्तीमा ९५ प्रतिशत एयरवोन व्याक्टेरिया फिल्टर गर्ने भएकाले यसलाई एन ९५ नामले चिनिएको हो । एन ९५ माक्सलाई अमेरिकामा एन ९५ ले नै चिनिन्छ भने युरोप र चीनमा क्रमशः एफएफपीटू र केएन ९५ भनी चिनिन्छ । यी माक्सहरु ननउभन पोलिपाइरोलिन फाइबरले बनेका हुन्छन् । यी माक्सहरुलाई राम्रोसँंगै टाइट फिटिंग हुने गरी लगाउनुपर्छ । यसलाई कम्तीमा पाँंच पटक प्रयोग गर्न मिल्छ । त्यसपछि स्टेरिलाइजेशन नगरी प्रयोग गर्न मिल्दैन ।

स्टेरिलाइजेशन गर्नका लागि भ्यापोराइज हाइड्रोजन पेरोअक्साइड, मेइष्ट हिट जस्ता तरिकाहरु उद्योगहरुमा अपनाइन्छन् । यी तरिकाहरु उद्योगमा मात्रै सम्भव हुनसक्छ । घरैमा यसलाई एक सय २५ डिग्री सेल्सियस तातोपानीमा तीन मिनेट वा ७० डिग्री सेल्सियस तातोपानीमा ३० मिनेटसम्म भिजाई स्टेरिलाइजन गर्न सकिन्छ । त्यसपछि हामीले यस्ता प्रकारको माक्सको पुनः प्रयोग गर्न सक्छौं ।
(लेखिका बी फार्मेसी तेश्रो वर्षका विद्यार्थी हुन् ।)