जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १९:००

प्रदेश ३ सरकारले खटायो सवै जिल्लामा बिकाश स्वयंसेवक, जनताले यसरी पाउँदैछन सेवा


हेटौंडा, जेठ ६

प्रदेश ३ सरकारले तेह्र ओटै जिल्लामा प्रदेश बिकाश सस्वयंसेवक खटाएको छ । प्रदेश ३ को सामाजिक बिकाश मन्त्रालयलले आजबाट स्वयंसेवकहरुलाई १३ वटै जिल्लामा खटाएको हो ।

प्रदेशका सबै जिल्लामा ११ वटा बिषयगत क्षेत्रका एक सय १५ जना युवाहरुलाई बिकाशका लागि स्वयंसेवकका रुपमा खटाइएको सो मन्त्रालयको भनाई छ । ‘युवाको गौरब ! जवानीमा पौरख !! प्रदेशको सौरभ !!!’ भन्ने आदर्श वाक्यलाई आत्मसात गर्नेगरी सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारको प्रदेश बिकास स्वयंसेवक कार्यक्रमबाट बिभिन्न ११ वटा सेवा क्षेत्रमा परिचालन गरेको छ ।

मन्त्रालयका अनुसार प्रदेश सरकारका काम नागरिकले सिधै अनुभुति गर्नेगरी स्वयंसेवकमार्फत काम गर्न सुरु गर्न लागिएको हो । सामाजिक बिकाश मन्त्रालयमा तालिम समेत दिएर उनीहरुलाई खटाइएको छ । प्रदेश क्षेत्रको हरेक बिकाशमा सहयोग गर्ने उदेश्यले उनीहरुलाई खटाइएको सामाजिक बिकाश मन्त्री युवराज दुलालले बताउनुभयो ।

आजबाट खटाइएका स्वयंसेवकमा माबि शिक्षक ४ जना, हेल्थ असिस्टेन्ट ७ जना, स्टाफ नर्स ८ जना, अनमी ६ जना, बायोमेडिकल टेक्निसियन २ जना, फार्मेसी सहायक ३ जना, खेलकुद प्रशिक्षक २६ जना, कृषि प्राबिधिक सहायक १६ जना, पशु प्राबिधिक सहायक १३ जना, सहयोगापेक्षि सडक मानव मुक्त सहजकर्ता १७ जना, बालबिवाह मुक्त प्रदेश सहजकर्ता १३ जना छनौट गरेर अभिमुखिकरण तालिमसमेत दिएर खटाइएको हो ।

उनीहरु अबदेखि आफ्ना क्षेत्रमा काममा खटिने सामाजिक बिकाश मन्त्रालयका उपसचिब खुवीराम अधिकारीले बताउनुभयो । समुदाय स्तरमा गएर स्वयंसेवी भावनाले काम गर्नका लागि उनीहरुलाई खटाइएको हो । प्रदेशका बिकाश स्वयंसेवकका रुपमा जिल्ला समन्वय समिति, स्थानीय तह र बिषयगत कार्यालयमा गएर काम गरिने उहाँले बताउनुभयो ।