जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार ११:४०

पार्टीभित्र होइन कोरोनाविरुद्ध लड्न पूर्वसभामुख महराको नेकपा नेताहरुसँग अपिल


काठमाडौं, बैशाख १७

पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ नेकपा भित्र भईरहेको लडाईले जनता निराश भएको बताउनु भएको छ । उहाले कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेलामा नेकपामा देखिएको विवादले जनता निराश भएको बताउनु भयो ।

दाङबाट प्रतिनिधिसभामा निर्वाचित महराले बुधबार एक विज्ञप्ती निकाल्दै अहिलेको अवस्थामा कोरोनाविरुद्ध लड्नुपर्नेमा जोड दिनुभयो । उहाले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देशलाई लकडाउनमा लैजाँदा देशको अर्थतन्त्र पनि धरासायी अवस्थामा पुगेकोतर्फ ध्यानाकर्षण गराउनु भएको छ ।

‘अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ । हालको अवस्थामा सबै दल र जनसुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो’, उहाले भन्नुभएको छ, ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आमजनता निराश बनेका छन ।’ उहाले यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्‍न नसकिने उल्लेख गर्नुभयो ।

यस्तो छ विज्ञप्ती