जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार १६:१७

सवादबाटै समस्या समाधान गर्न नेतृत्वलाई घनश्याम भुषालको आग्रह, दिनुभयो तीन सुझाव


काठमाडौं, बैशाख १७

कषिमन्त्री एंव नेकपाका नेता घनश्याम भुषालले नेकपाभित्र अहिले जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको बताउनु भएको छ । नेकपाभित्र सत्ता ढाल्ने खेलमा नेताहरु लागि रहेका बेला उहाले सम्वादबाटै समधान खोज्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालबाट एक सन्देश दिदै उहाले विवाद समाधान गर्न तीन वटा सुझाव समेत दिनु भएको छ । मन्त्री भुषालले नहडबडाउँ, संवाद गरौं र संस्थागत प्रणालीभित्रै समाधान खोजौं भनेर सुझाव दिनु भएको हो ।

यस्तो छ उहाको सन्देश

  • २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो ।
  • २०६४\६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र विभाजनको प्रक्रियामा गयो ।
  • आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र यसमा समस्या थपिँदै गएका छन्।
  • समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ।
  • पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न :
    पहिलो, नहडबडाउँ
    दोस्रो, संवाद गरौं
    र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं ।
  • आज मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।