जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार १६:४४

बारा र पर्सामा तीन जना संक्रमित भेटिए, तीनै जना भारतबाट आएको पुष्टि


काठमाडौं, बैशाख १७

बारा र पर्सामा थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ५७ पुगेको छ ।

बाराका दुईजना र पर्साका एकजना गरेर तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । तीनैजनालाई उपचारका लागि वीरगञ्जस्थित् नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका २ छपकैयाका एकजनामा कोभिड १९ पुष्टि भएको हो ।

बीरगञ्जका ४६ बर्षीय पुरुष र बाराका २६ र ४३ बर्षीय पुरुषमा संक्रमण पोजिटिभ पाइएको जानकारी उहाले दिनुभयो । वीरगन्ज इनार्वाका ४६ वर्षीय संक्रिमत गत मार्चमा भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएका थिए । उनीसँग जीतपुरका २ जना संक्रमित पनि उक्त सभामा सहभागी थिए ।