जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार १८:०२

नेकपाको सचिवालय बैठक शुरु, यस्तो छ सचिवालयको दृश्य


काठमाडौं, बैशाख १७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ । निक्कै व्यग्र प्रतिक्षा गरिएको सचिवालय बैठकले नेकपाभित्र देखिएको विवाद समाधान गर्ला कि नगर्ला भनेर सबैको ध्यान केन्द्रीत भएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केही बेर अघि शुरु भएको बैठकमा अध्यादेश प्रकरणपछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुदैछ । अध्यादेश प्रकरणपछि उत्पन्न परिस्थिति साम्य बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीभित्र छलफललाई तिब्रता दिनुभएको थियो ।

सहमतिका लागि पटक पटक छलफल गरेपनि कुनै सहमति नबनेपछि सचिवालय बैठकमा छलफल शुरु भएको हो ।