जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार २१:२४

इश्वर पोखरेलले खोल्नु भयो सचिवालय बैठकका कुरा


काठमाडौं, बैशाख १०

उपप्रधान तथा रक्षामन्त्री एंव सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकतालाई मजबुत बनाउने सचिवालयले निर्णय गरेको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकका विषयमा उहाले जानकारी दिदै पार्टी एकतालाई मजबुत बनाएर लैजाने निर्णय भएको बताउनु भयो ।

सामाजिक सञ्जालमा लेख्दै उहाले ‘पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने र बैशाख २० गते पुन सचिवालयको बैठक बस्ने निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ ।