जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार १२:३२

नेकपा बिवादमा पर्यटनमन्त्री योगेश भट्टराईको सुझाव : पसल–पसल नडुलौं, सचिवालयतिरै समाधान गरौं


काठमाडौं, बैशाख १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईले सचिवालय बैठकबाटै पार्टीको बिवादको समाधान दिन सुझाव दिनुभएको छ ।

छरपस्ट भएर छिरिएको छलफल सचिबालय बैठकमार्फत घरभित्र प्रवेश गरेको छ । त्यहाँबाट बाहिर ननिकालौं, त्यतातिरै समाधान गरौं । बजार बन्द छ, पसल पसल नडुलौं । संवाद, संवाद र फेरि पनि संबाद ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले पार्टीभित्रको छलफल छरपष्ट भई सचिवालयमा प्रवेश गरेकोले त्यहीबाछ समाधान आउनु पर्ने आफ्नो सुझाव राख्नुभएको हो । नेकपा स्थायी कमिटीका २० जना सदस्यहरुले स्थायी कमिटीको बैठक बोलाउन हस्ताक्षर गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेको सन्दर्भमा स्थायी कमिटी सदस्य भट्टराईले यस्तो सुझाव दिनुभएका हो ।

मन्त्री भट्टराईले बिवाद सचिवालयमै मिल्नुपर्ने सुझाव दिएर स्थायी कमिटी बैठक तत्काल आवश्यक नरहेको मत जाहेर गर्नुभएको छ । ‘छरपस्ट भएर छिरिएको छलफल सचिबालय बैठकमार्फत घरभित्र प्रवेश गरेको छ । त्यहाँबाट बाहिर ननिकालौं, त्यतातिरै समाधान गरौं,’ भट्टराईले भन्नुभएको छ, ‘बजार बन्द छ, पसल पसल नडुलौं । संवाद, संवाद र फेरि पनि संबाद ।’