जनता टाइम्स

१९ बैशाख २०७७, शुक्रबार ०९:०४

राजश्व तिर्ने अवधि जेठ २५ सम्म बढाइयो


काठमाडौं, बैशाख १९ । सरकारले राजश्व तिर्ने अवधि जेठ २५ सम्मका लागि बढाएको छ। वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयलाई राजश्व बुझाउनुपर्ने अवधि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको सो निर्णयअनुसार गत फागुन र चैत महिनाको मासिक मूल्य अभिवृद्धि कर (भ्याट) माघ–फागुनको द्वैमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर दाखिल गर्ने म्याद जेठ २५ सम्म थप गरिएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार फागुन र चैत महिनाको अन्तःशुल्क दाखिल गर्ने म्याद पनि जेठ २५ सम्म थपिने निर्णय भएको छ।

आयकर ऐनबमोजिम फागुन र चैत महिनामा बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद पनि आगामी जेठ २५ सम्म तोकिएको छ। आयकरअन्तर्गत चैत महिनामा बुझाउनुपर्ने यस आवको संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिल गर्ने म्याद जेठ मसान्तसम्म थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

बिवरण हेर्न यहाँ क्लिक गर्नुहोस  : COVID-19 Relief package 2077