जनता टाइम्स

१९ बैशाख २०७७, शुक्रबार ११:३२

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन


काठमाडौँ, बैशाख १९

रेडियो नेपालकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा गएराति निधन भएको छ । सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहीबार राति १० बजेर ५५ मिनेटमा निधन भएको हो ।

मुलुक लकडाउनमा रहेकाले उहाको बिहीबार राति नै अन्त्येष्टि गरिएको छ । अल्जाइमर्स र पार्किन्सन्सबाट पीडित रानुदेवीलाई बिहीबार नै अस्पताल लगिएको थियो । अस्पताल लगिएको केहीबेरमा उहाको निधन भएको अस्पतालले जानकारी दिएको छ ।

रानुदेवीको बाल्यकाल बनारसमा बितेको थियो, त्यहीँ रहँदै उहामा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उहा राणाशासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिनु भएको थियो ।

२००६ सालमा रेडियो नेपालमा उहाका ६ गीत रेकर्ड भएका थिए । रानुदेवीका ‘जुनेली रात हजुर…’, ‘जागे नेपाली उठे नेपाली…’ लगायत गीत चर्चित छन् ।