काठमाडौं, बैशाख १९
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्किरहेका बेला नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले शिर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको छ । उहाले आज विहान नेकपाका शीर्ष नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ ।
राजदूत यान्छीले शुक्रबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार र वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेटवार्ता गर्नुभएको हो । नेकपा विदेश मामिला विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको जानकारी दिनुभयो । भेटवार्तामा कोरोना नियन्त्रणमा भईरहेको प्रयास र चिनले गरेको सहयोगका विषयमा पनि कुराकानी भएको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्