काठमाडौं, बैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बर्तमान तथ्यलाई उजागर गर्दै दमदार कविता लेख्नुभएको छ । प्रधानमन्त्री ओलीले गएराती २ः३० बजे अब आँसु खसाउनु पर्दैन भन्ने शीर्षकमा कविता लेख्नुभएको हो ।
यस्तो छ उहाँको कविता
अब आँसु खसाउनु पर्दैन
केपी शर्मा ओली
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन ।
०००
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची(काली पहाड तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।
०००
फाटोका खेती कुहिन्छन्स्वा
र्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताकोजनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।
(मे १, २०२०, बिहान २ :३० बजे)
प्रतिक्रिया दिनुहोस्