जनता टाइम्स

२० बैशाख २०७७, शनिबार ०७:०२

अमेरिकामा कोरोनाबाट ६५ हजार मानिसको मृत्यु: ११ लाख ३१ हजार ३० जना संक्रमित


काठमाडौं, वैशाख २० । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ ।

शनिवार विहान सम्ममा थप १ हजार ८९८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७५३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ३१ हजार ३० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५५१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ३ हजार ७१४ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ ।