जनता टाइम्स

२० बैशाख २०७७, शनिबार १९:१४

झापाको दमकका २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ


दमक, बैशाख २०

झापामा कोरोनाको संक्रमति व्यक्ति भेटिएको दमकका २६ जनामा गरिएको पिसिआरको रिपोर्ट नेगेटिभ आएको छ । यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा थप २६ जनामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको हो ।

दमक नगरपालिका ३ का संक्रमित ६२ वर्षीय वृद्धको सम्पर्कमा आएका भनिएका २६ जनाको बिहीबार स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिनुभयो ।

वैशाख १२ गते वृद्धमा संक्रमण पुष्टि भएपछि १४ गते उनको सम्पर्कमा आएका ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त दिन ५४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्न धरान पठाइएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको थियो ।