जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १२:५१

२६ बैशाखमा बजेट अधिवेशन आव्हान गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, बैशाख २१

सरकारले बैशाख २६ गते संघीय संसदको बर्खे अधिवेशन आव्हान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते अपरान्ह ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । जेठ १५ गते बजेट ल्याइसक्नु पर्ने कानुनी प्रावधान भएकाले सामाजिक दुरी कायम राखेर बैठक संचालन गर्न लागिएको हो । बजेट पेश गर्नु १५ दिन अघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने र त्यसअघि प्रि बजेट छलफल गर्नुपर्ने भएकाले सरकारले अधिवेशन आव्हान गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।