जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार ११:५०

नेकपाका नेता बुद्धिबहादुर रायमाझीको निधन


काठमाडौं, बैशाख २३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पिडित रायमाझीको काठमाडौंमा निधन भएको हो ।

नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशामा आवद्ध समेत हुनुहुन्थ्यो ।

चर्चित हर्रेबर्रे काण्डका अगुवा रायमाझी तत्कालीन नेकपा (एमाले) केन्द्रीय स्कूल विभाग सदस्य समेत रहनु भएको थियो । रायममाझीको पशुपति आर्यघाटमा दाह संकार गरिएको छ । उहाको पार्थिव शरिरमा नेकपा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।