जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार १३:०३

संघीय संसदका महासचिव गौतमद्वारा शपथ ग्रहण


काठमाडौं, बैशाख २३

संघीय संसदको महासचिवमा डा. भरतराज गौतमले पद तथा गोपनियताको शपथ लिनु भएको छ । सभामुख अग्नी सापकोटाले उहालाई आज विहान सिंहदरवारमा पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

गौतमलाई सभामुख र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्को महासचिवमा गौतमलाई नियुक्त गर्नुभएको थियो । डा. गौतम वरिष्ठ सचिवका रुपमा संघीय संसद् सचिवालयमा कार्यरत हुनुहुन्थ्यो ।

विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गरेका उनले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ हुनाका साथै त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ ।