जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार १८:०२

ट्रकमा भित्र रहेको काटुनमा जब एक करोड ९ लाख भारु भेटियो


विराटनगर, बैशाख २३

भारतको सुपौलबाट आएको खाली ट्रकमा अबैध रुपमा नेपाल ल्याइएको एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद भएको छ । एकीकृत जाँच चौकीबाट चेकजाँच गर्दा सो परिमाणको भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

‘प्रहरीले एकीकृत जाँच चौकीमा ट्रक जाँच गर्ने क्रममा ठूलो परिमाणको भारतीय रुपैयाँ बरमाद गरेको हो,’ सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी नगेन्द्र थापाले भन्नुभयो, ‘रुपैयाँसँगै ट्रक चालकसहित २ जना मान्छे पक्राउ परेको र कहाँबाट ल्याएको कसका लागि ल्याइएको अहिले थाहा छैन । घटनाको थप अनुसन्धानपछि मात्र भन्न सकिन्छ।’

भारतीय डब्ल्युबी ७३ इ ७६३५ नम्बरको ट्रकमा नेपाल खाली आएको थियो । त्यसलाई चेक गर्ने क्रममा बोरालाई बाहिरबाट कार्टुनले प्याक गरेर लुकाएर ल्याउँदै गर्दा २१ हजार ९ सय ५५ थान ५ सय दरको र अन्य खुद्रा भारतीय रुपैयाँ प्रहरीले फेला परेको जनाएको छ ।

भारत दार्जिलिङको सिलिगुढी गंगानगर–५ का २४ वर्षीय रविकुमार शर्मा चालक र भारत विहार मजहपुर रोउतिमयर–१२ का १८ वर्षीय पप्पु कुमारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार भारतको सुपौलबाट ट्रक नेपाल ‘पेम्पस’ लिन आएकोसम्म खुलेको र रकम कसको हो भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट नखुलेको बताइएको छ ।