जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार १८:३८

युवा संघले गर्यो जिल्ला संयोजकलाई कार्वाही


काठमाडौं, बैशाख २३ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले जाजरकोट जिल्ला कमिटी संयोजकलाई निलम्बन गरेको छ । भेरी नगरपालिकाका मेयरमाथि कुटपिट गरेको अभियोगमा युवा संघले जिल्ला संयोजक दीपेज्द्र शाहीलाई आज निलम्बन गरेको हो ।

शाहीले वैशाख १३ गते भेरी नगरपालिका वडा नम्बर १० फेरा घाटमा कर्णाली प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य मधु चन्दको निधनपछि घाटमा गएका बेला मेयर चन्द्रप्रकाश घर्तीमाथि आक्रमण गरी सक्त घाइते बनाएका थिए । युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा, दीपशिखा र सहसंयोजक रमेश पौडेलले आज बिज्ञप्ती जारी गरी आजदेखि लागू हुने गरी संगठनबाट निलम्बन गरेको प्रष्ट पानृुभएको छ ।

‘केन्द्रले बनाएको द्धानविन कमिटीलाई अनुसन्धानमा सहयोग गर्नु हुन निर्देशन गरिन्छ,’ पत्रमा भनिएको छ । शाही नेतृत्वको समूहले नेता घर्तिमाथि आक्रमण गरी घाइते बनाएको नेकपा जाजरकोट र नेकपा कर्णाली प्रदेश कमिटीले यसअघि नै विज्ञप्ति निकालेका थिए। ती विज्ञप्ति र संघको वैशाख १६ को केन्द्रीय कमिटी सदस्यको सिफारिसलाई आधार मानेर बाहीलाई निलम्बन गरेको संयोजक दीपशिखा र सहसंयोजक पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गाउँमा योजना दिँदा भेरी नगरपालिकाका मेयर घर्तीले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै शाहीले घाटमै मुक्का प्रहार गरेका थिए।