जनता टाइम्स

२४ बैशाख २०७७, बुधबार १३:३२

लकडाउन जेठ ५ गतेसम्म बढाउने मन्त्रीपरिषद्को निर्णय


काठमाडौं, बैशाख २४

सरकारले लकडाउन जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

छिमेकी देश भारतमा कोरोनाको संक्रमण कायमै रहेको र नेपालमा समेत उल्लेख्य मात्रामा कोरोना परीक्षण नभएको निष्कर्ष निकाल्दै जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । यसअघि सरकारले बैशाख २५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।

यद्यपी सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखाना भने सतकर्तापूर्वक खोल्न दिने निर्णय गरेको छ । आवश्यक सतर्कता अपनाएर उद्योग, कलकारखानाहरु खोल्न दिने निर्णय भएको मन्त्रीले जानकारी दिनुभयो ।