जनता टाइम्स

२४ बैशाख २०७७, बुधबार १६:१९

यस्तो छ सीसीयूबाटै रचित प्रधानमन्त्री ओलीको दमदार गीत


काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको गीत सार्वजनिक भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गत २०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलता भएपछि क्रिटिकल केयर यूनिट (सिसियू) मा रहँदा चौथो दिन प्रधानमन्त्री शर्मा ओलीले गीत रचना गर्नुभएको हो । उहाँद्वारा द्वारा रचित गीतले भावना र अनुभूतिलाई बढी समेटेको छ । त्यस दिन सीसीयूमा कागज कलम उपलब्ध नहुँदा यो गीत डिस्चार्ज हुनुभएपछि मात्रै संझनाको आधारमा लिपिबद्द गर्नुभएको थापाले जानकारी दिनुभयो ।

यस्तो छ प्रधानमन्त्री ओलीको गीत

म त भाग्यमानी

केपी शर्मा ओली

छानेर नि हैन, हैन जानी–जानी
तर जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

(२४ फागुन २०७६
सीसीयू, टीयूटीएच