जनता टाइम्स

२९ बैशाख २०७७, सोमबार १३:४२

सीमा विवाद : सरकारले भारतीय राजदूतलाई बोलाएर दियो ‘कुटनीतिक नोट’


काठमाडौँ, बैशाख २९

सरकारले लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको छ । विभिन्न दल मिडियामा प्रचारबाजी गरिरहेका बेला सरकारले भने नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर ‘कुटनीतिक नोट’ दिएको छ ।

सिहदरवारस्थित मन्त्रालयमा विहान साढे ११ बजे आउनु भएका राजदूत क्वात्रासँग परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी समेत लिएको छ । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटनु भएको हो ।

परराष्ट्र स्रोतका अनुसार नेपाली भूभाग भित्र रहेको लिपुलेकमा बिना सूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ‘कुटनीतिक नोट’ समेत दिइएको छ ।