जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार ०७:१६

नयाँ संक्रमण र दैनिक मृत्युमा कमि, उपचारपछि निको हुनेको संख्या बढ्यो


काठमाडौं, बैशाख ३० । कोरोना भाइरसको संक्रमणबाट हुने दैनिक मृत्यु र संक्रमणमा तुलनात्मक रुपमा कमि आएको छ । वल्र्डमिटरकोपछिल्लो तथ्यांक अनुसार विश्वभर नयाँ संक्रमण र दैनिक मृत्युमा कमि आएको देखाएको छ ।

गएको २४ घण्टामा विश्वभर ३ हजार २ सय ५२ जनाको मृत्यु भएको छ । जबकी आइतबार एकदिनमा विश्वभर ३ हजार ४ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै एकैदिन संसारभरबाट ७२ हजार ७ सय ६५ बिरामी थपिएका छन् । आइतबार एकैदिन ७९ हजार ४ सय बिरामी थपिएको थिए । सोमबार ३६ हजार ४ सय ५७ बिमा निको भएका छन् ।

कोभिड–१९ का कारण विश्वभर कुल मृत्यु हुनेको संख्या २ लाख ८६ हजार ९ सय ८६ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४२ लाख ५० हजार ८ सय ८६ छ भने संक्रमितमध्‍ये हालसम्म १५ लाख २५ हजार १ सय ९३ जना निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।

बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ भने २ लाख २३ हजार ६० जना संक्रमित छन् । १ लाख ९० हजार ६५१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

इटालीमा २ लाख १९ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १७९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार ७३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १९ हजार ८१४ पुगेको छ । इटालीमा संक्रमितमध्ये १ लाख ६ हजार ५८७ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा २ लाख ६८ हजार १४३ कुल संक्रमित भएका छन् भने २६ हजार ७४४ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ७७ हजार ८४६ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ७७ हजार ४२३ कुल संक्रमित भएका छन् भने २६ हजार ६४३ जनाको मृत्यु भएको छ । यसैबीच ५६ हजार ७२४ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा एक लाख ६९ हजार १४३ जना संक्रमित भएका छन् भने ११ हजार ६२५ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ६७ हजार ३८४ जना ठिक भएका छन् । बेल्जियममा ५३ हजार ४४९ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ७०७ जनाको मृत्यु भएको छ । यसैबीच १३ हजार ६९७ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७२ हजार ५६७ कुल संक्रमित भएका छन् भने ७ हजार ६६१ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४५ हजार ६१७ सय निको भएर फर्किएका छन् । इरानमा एक लाख ९ हजार २८६ कुल संक्रमित भएका छन् भने ६ हजार ६८५ जनाको मृत्यु भएको छ । यसैबीच ८७ हजार ४३३ निको भएर फर्किएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ९१८ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार १४४ निको भएर फर्किएका छन् ।