जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार १३:५९

पर्साका ३९ संक्रमित छपकैयाका बासिन्दा रहेको खुल्यो


वीरगन्ज, बैशाख ३०

पर्सामा मंगलबार भेटिएका ३९ जना संक्रमित एउटै बस्तीका बासिन्दा भएको खुलेको छ । उनिहरु यसअघि संक्रमित भेटिएका छपकैयाका वासिन्दा हुन् । उनीहरू वीरगन्ज महानगरको वडा नम्बर १, २ र ३ मा फैलिएको छपकैयाका वासिन्दा रहेका हुन् ।

यसअघि वीरगन्जस्थित छप्कैयाकै एकै परिवारका १७ जना व्यक्तिमा संक्रमण देखिएपछि ६ सय बढी व्यक्तिको स्वाब परीक्षण गर्न पठाइएको थियो । जसमध्ये ३९ जनाको परीक्षणमा पोजेटिभ देखिएको हो । कोरोना देखिएकाको खोजी कार्य शुरु भएको छ भने उनिहरुलाई तत्काल सिदार्थ माध्यामिक विद्यालयमा रहेको सेमी आइसोलेसनमा राखिने छ ।