जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार ११:४९

सगरमाथा आरोहणमा आफ्नै कीर्तिमान तोड्दै कामीरिता, २४औँ पटक सफल आरोहण


काठमाडौं, जेठ ७

आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्। शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४ औँ पटक आरोहण गरेको सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३ औँ पटक आरोहण गरेका थिए। उहाँ ७ दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल हुनुभएको हो । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । सोलुखुम्बुको थामेगाउँमा जन्मिनुभएका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसक्नुभएको छ ।