जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार २२:२८

फेरी २६ जना थपिए कोरोना संक्रमित, २१७ पुग्यो, उपत्यकामा तीन जनामा भेटियो


काठमाडौं, बैशाख ३०

मंगलबार राति फेरि थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२६ जना मध्ये दुई जना भक्तपुर र एक जना काठमाडौका पनि रहेका छन् । यसैगरी पर्साका सबैभन्दा बढि रहेका छन् । यसअघि मंगलबार दिउँसो मात्रै ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ ।