३१ बैशाख २०७७, बुधबार ००:००

विश्वभर कोरोना : ४३ लाख ३९ हजार संक्रमित, १६ लाख २ हजार ६६ जना संक्रमणमुक्त


 

काठमाडौं,  बैशाख ३१। विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख ३९ हजार ७ सय ९८ पुगेको छ। वल्र्डमिटरका अनुसार बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १४ लाख ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै, रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख २८ हजार ३०, बेलायतमा २ लाख २७ हजार ७ सय ४०, इटालीमा २ लाख २१ हजार २ सय १६, फ्रान्समा १ लाख ७८ हजार ३ सय ४९, ब्राजिलमा १ लाख ७७ हजार ६ सय २ मा संक्रमण पुष्टि भएको छ।

विश्वभर २ लाख ९२ हजार ८ सय ६६ को कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ८३ हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३२ हजार ७ सय ६९, इटालीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ९ सय ९४, स्पेनमा २६ हजार ९ सय २०, ब्राजिलमा १२ हजार ४ सय ४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर १६ लाख २ हजार ६६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ३० हजार २ सय ८७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, १ लाख ४७ हजार २ सय, स्पेनमा १ लाख ३८ हजार ९ सय ८०, इटालीमा १ लाख ९ हजार ३९ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा पनि २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार मात्रै ८३ जनामा संक्रमण पुष्टि भएको थियो।
नेपालमा संक्रमितमध्ये ३३ जना संक्रमणमुक्त भएका छन भने तीन जानमा फेरी संक्रमण देखिएपछि उपचारको लागि हस्पीटलमा रहेका छन् ।