जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार ०८:१७

कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी आज स्थापना हुने


काठमाडौं, बैशाख ३१ ।  दार्चुला – व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० आज स्थापना हुँदैछ ।

पहिलो चरणमा दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । गएको मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय ढिलाइ भएको हो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्नेगरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्ग्रुमा सशस्त्र प्रहरीको बीओपी राख्ने निर्णय गरेको हो ।