कपिलवस्तु, बैशाख ३१
कपिलवस्तुमा बुधबार भेटिएका कोरोना संक्रमितमध्ये चार जना सुरक्षाकर्मी भएको खुलेको छ । कोरोनाको परीक्षणमा स्वाब संकलनमा खटिएका उनिहरुमा कोरोना देखिएको हो ।
उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई रहेको बताइएको छ । उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ छ ।
यसैबीच, प्रदेश ५ मा बुधबार साँझ मात्रै थप २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ । पछिल्लो पटक पुष्टि भएका २१ मध्ये १९ जना भारतबाट आएका व्यक्तिहरु हुन् ।
एक जना भारतीय नागरिक हुन् भने अर्को एक जनाको पहिचान खुलेको छैन । रुपन्देहीमा कोरोना भाइरस पुष्टि भएका १२ मध्ये २ जना जिल्ला बाहिरका हुन् । यसमध्ये ९ पुरुष र महिला ३ जना छन् ।
प्रतिक्रिया दिनुहोस्