जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार ०६:५९

थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो


काठमाडौं, जेठ १ । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।