काठमाडौं, जेठ १ । नेपालमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २ सय ५० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको दोस्रो सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला तथा महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुषहरु छन्।
संक्रमितहरुको अवस्था सामान्य रहेको बताइएको छ । बिहीबार बिहान जारी पहिलो सूचना अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो। नेपालमा संक्रमण देखिएकाहरुमध्ये ३५ जना अहिले संक्रमणमुक्त भइसकेका छन्।













प्रतिक्रिया दिनुहोस्