जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार १३:१७

नवलपरासीको देवचुलीका ४९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण


काठमाडौं, जेठ १

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या २४६ पुगेको छ ।

उनि बैशाख ३० गते भारतबाट ट्रकमा चढेर आएको खुलेको छ । रक्सौलबाट काठमाडौंका लागि ट्रकबाट आएको स्वास्थ्य कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताउनु भयो ।

उहाका अनुसार संक्रमित युवक नवलपरासी भने प्रवेश नगरेको जानकारी दिनुभयो । ‘उहाँ आउनुभएको थाहा पाउनेवित्तिकै उहाँलाई भरतपुर अस्पतालमा कोरोना परीक्षण गरेर आउन भनियो । अहिले पनि उहाँ अस्पतालकै आइसोलेसनमा भर्ना हुनुहुन्छ,’ उहाले भन्नुभयो ।

संक्रमित पुरुष भारतमा मजदुरी गर्दै आएका थिए । उनी सीमा बन्द भएपछि रक्सौलबाट ट्रकमा चितवनसम्म आएका थिए । त्यसपछि उनी सोझै नवलपरासी नगएर भरतपुर अस्पतालमा कोरोना परीक्षण गराउन भनी भर्ना भएका थिए ।