जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार २०:२१

नक्सालाई संसदले ग्रहणगरी सार्वजनिक गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड


काठमाडौं, जेठ ५

सरकारले २०३२ सालदेखी छुटेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्ने ऐतिहासिक निर्णयको सबैले स्वागत गरेका छन् । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि नक्सा तयारगरी स्विकृत गरेकामा सरकारलाई धन्यवाद दिनुभएको छ ।

नक्सा पारित गरेपछि सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘लिम्पियाधुरा सहितको नेपाल नक्सा तयारगरी स्विकृत गरेकोमा नेपाल सरकारलाई धन्यवाद । अव नक्सालाई संसदले ग्रहणगरी सार्वजनिक गर्नुपर्छ ।’