जनता टाइम्स

६ जेष्ठ २०७७, मंगलवार ११:२२

झापाका कोरोना संक्रमित निको भएर फर्किए घर


विराटनगर, जेठ ६

पछिल्लो समय कोरोना संक्रमितको सख्या बढ्दै जादा कोरोना संक्रमितहरु निको हुने क्रमपनि जारी रहेको छ । विराटनगरमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोसी कोरोना उपचार केन्द्रबाट मंगलबार थप एकजना डिस्चार्ज भएका छन् ।

अस्पतालमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज हुनु भएको हो । अस्पताल भर्ना भएको २५ दिनपछि उहालाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले मङ्ग्रातीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।