जनता टाइम्स

६ जेष्ठ २०७७, मंगलवार १७:२५

अनलाइनमार्फत जेठ ९ गते विश्व कवि सम्मेलन हुदै


काठमाडौँ, जेठ ६

अनलाइनमार्फत जेठ ९ गते कवि सम्मेलन हुने भएको छ । “मेरो कविता र म” नामक दिएको सो कवि सम्मेलनमा विश्वका विभिन्न स्थानबाट नेपाली कविहरुले सहभागीता जनाउने भएका छन् ।

कवि सम्मेलनमा विद्यार्थीहरुलाई पनि सहभागीता गराउने भइएको छ । कार्यक्रममा सहभागिता को लागि अनलाइनमार्फत फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीलाई पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउन सकिने भएको सहभागीता गराउन लागिएको जेभियर इन्टरनेशनल स्कुल–कलेजका सहायक प्रिन्सिपल दिपेन दाहालले जानकारी दिनुभयो ।

विश्व कविता सम्मेलनमा झन्डै दर्जन दिग्गज कवि विश्वको विभिन्न स्थानबाट सहभागी जनाउँदै छन् । विद्यार्थीका लागि अनलाइन रजिष्ट्रेशन फर्म राखिएको छ । उनीहरुले त्यो फर्म भरेर आफ्ना रचना पठाउन सक्ने छन् । उत्कृष्ट रचनालाई जेठ ९ गते आयोजना हुने विश्व कविता सम्मेलनमा रचना पाठ गर्ने अवसर पाउने छन् ।

सहायक प्रिन्सिपल दाहालकै संयोजकत्वमा हुने कविता सम्मेलनमा सुनसरी नेपालबाट इन्द्रकुमार श्रेष्ठ सरित, ओखलढुंगाबाट चेतनाथ धमला, झापाबाट बाबुराम नेउपाने उत्स, ललितपुरबाट ललिता दोषी, जापानबाट केबी पारखी, सिएट्ल अमेरिकाबाट बुना दाहाल, म्यान्मारबाट राजन ढकाल, काठमाडौंका कवि रामेश्वर राउत मातृदास, शान्ति शर्मा, राजन नेउपानी श्रीएम, चेन्नाइ भारतबाट लक्ष्मी उप्रेती, दार्जिलिङबाट मनप्रसाद सुब्बा र जर्मनीबाट चिरञ्जीवी भट्टराईले सहभागिता जनाउनु हुनेछ ।