जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १९:०७

स्थानीय सरकारबाट कोरली गाई पाएपछि कृषकमा छायो खुसियाली


सुनसरी, जेठ ८ । इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरुमा खुसियाली छाएको छ । इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्वर २० का २५ जना कृषकलाई एक/एक ओटा कोरली गाई वितरण गर्नुभएपछि कृषक खुसी भएका हुन ।

पर्याप्त सामाजिक दुरी कायम गरेर ठूलो चौरमा कोरली गाई वितरण गरिएको हो । उपमहानगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको हो । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले वताउनुभयो । यो कार्यले इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमको भनाई छ ।

उहाँका अनुसार अव वडा नम्वर १ र २ का पचास जना कृषकलाई यसैगरी कोरोली गाई वितरण गर्ने कार्यक्रम छ । उपमहानगरले वडा नम्वर १,२ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमहानगरको आन्तरिक स्रोतबाट यो कार्यक्रमका लागि २० लाख वजेट विनियोजन गरिएको थियो ।