जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १६:४४

प्रेसलाई नियन्त्रण गर्ने सोच कसैले पनि राख्नु हुदैन : माधव नेपाल


बाँके । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेस जगतका जायज माग सुन्नुपर्ने बताउनु भएको छ । उहाले प्रेसलाई नियन्त्रण गर्ने सोच कसैले पनि राख्न नहुने समेत स्पष्ट पार्नुभयो ।

प्रेस जगतले आलोचनात्मक र रचनात्मक भूमिका निर्वाह गर्न पाउनुपर्ने भन्दै बरिष्ठ नेता नेपालले अंकुश लगाएर, रोकेर, तर्साएर समस्याको समाधान नहुने बताउनुभयो । उहाँले कसैले पनि आफ्नो पूजा–स्तुति गरेन भनेर मूल्यांकन नहुने बताउनुभयो ।

उहाँले पार्टीको समायोजना अन्तिम चरणमा पुगेको भन्दै अब पार्टी कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । नेपालले नयाँ बजेटपछि मुलुक समृद्धितर्फको यात्रामा अघि बढ्ने पनि बताउनुभयो।