जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार ११:०५

युवा संघले निश्काशन गर्यो जिल्ला संयोजक (बिज्ञप्तीसहित)


काठमाडौं, जेठ ११ । राष्ट्रिय युवा संघ नेपालले जाजरकोटका संयोजक दिपेन्द्र शाहीलाई संगठनबाट निश्काशन गरेको छ । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमाथि आक्रमण गरेको बिषयमा निलम्बन गरी छानविन समिति बनाएको युवा संघले शाही नसच्चिएको ठहरसहित आजबाट साधरण सदस्यसमेत नरहने गरी निश्काशन गरेको हो ।

युवा संघका संयोजक रामप्रसाद सापकोटा, दिपशिखा र सहसंयोजक रमेश पौडेलले आज बिज्ञप्ती जारी गरी शाहीलाई निश्काषन गरेको जानकारी दिनुभएको हो ।